विदेश

तालिबान आतंकारीद्वारा तीन यात्रुवाहक बस अपहरण

तालिबान आतंकारीद्वारा तीन यात्रुवाहक बस अपहरण

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतंकारी समूहले सोमबार तीन ओटा यात्रुवाहक बस अपहरण गरेका छन् । यो बसहरु अपहरणमा १५० भन्दा बढी यात्रु परेका जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताएका छन् । 

 

स्थानीय समयानुसार सोमबार बिहान ४ बजे बसमा चढेका गाउँलेहरुलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिए । अपहरणमा परेका ती यात्रुलाई सुरक्षित मुक्त गराउन सुरक्षाफौजले कारबाही सुरु गरेको छ ।

 

अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले तीन महिनाको सःशर्त युद्धविरामको एकतर्फी घोषणा गरेको एक दिनपछि नै यो अपहरण भएको हो । मुस्लिम समुदायको महान चाड ईदका अवसरमा राष्ट्रपति घानीले घोषणा गरेको युद्धविराम सोमबारदेखि नै लागू हुने योजना थियो । 

 

सरकारले घोषणा गरेको यस युद्धविरामका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।  
 

अफगानिस्तान यात्रुवाहक बस अपहरण

विशेष