८ दशमलबले घट्यो शेयर बजार 

८ दशमलबले घट्यो शेयर बजार 

काठमाडौं । शेयर बजार सोमबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से शिरसूचक ८ दशमलब २२ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा ओर्लेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलब ७८ बिन्दुले २५० दशमलब ७५ बिन्दुमा कायम भएको छ । 

 

स्टकका अनुसार सोमबार कूल १६० कम्पनीको छ लाख तीन हजार १०२ कित्ता शेयर २२ करोड ६१ लाख ७२ हजार ९३ मूल्यमा खरीद–बिक्री भएको छ । आज उत्पादन उपसमूहको शेयर उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका छन् ।

 

उत्पादन उपसमूहको शेयर ११.१५ बिन्दुले बढ्दा बैकिंङ ५.४२, होटल ५ दशमलब १७, विकास बैंक १३ दशमलब १२, जलविद्युत् २३ दशमलब ६३, वित्त २ दशमलब ६९, निर्जीवन बीमा ५९ दशमलब ७४, अन्य ४ दशमलब ६८, माइक्रोफाइनान्स ११ दशमलब ६९र जीवन बीमा ७५ दशमलब २ बिन्दुले घटेको छ । 

 

आज वल्र्ड मर्चेन्ट बैकिंङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने सिन्धु विकास बैकं र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । 

शेयर बजार नेपाल स्टक एक्सचेञ्ज

संम्बधित खबर

विशेष