न्युजिल्याण्डकी महिला मन्त्री बच्चा जन्माउन आफै साइकल चढेर अस्पताल पुगिन्
एजेन्सी । हाम्रो देशमा वडा सदस्य त कार जीप चढूँला झै गर्छन् । मन्त्रीको त कुरै भएन । धाराको उद्घाटन गर्न हेलिकोप्टर चढेर गाउँ पुगेका खबर पनि नआएका होइनन् । तर न्युजिल्याण्डकी एक महिलामन्त्री बच्चा जन्माउन आफै साइकल चढेर अस्पतालसम्म पुगेकी छन् । ग्रीन पार्टीबाट मन्त्री भएकी ३८ वर्षकी जुली जेन्टर नामकी महिला मन्त्रीले यस्तो गरेकी हुन् । उनको पेटमा ४२ हप्ताको गर्भ थियो ।
गर्भवती आफैले साइकल चलाएर अस्पताल किन गएको त रु भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘कारमा धेरै मानिस अटाउँदैन थिए ।’
न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्दा आर्डर्नले पनि यसै वर्ष बच्चा जन्माएकी थिइन् । प्रधानमन्त्री जैसिन्दा र मन्त्री जुलीले बच्चा जन्माउन अक्ल्याण्डको सिटी सरकारी अस्पताल छानेका छन् । जुली न्युजिल्याण्डकी यातायात उपमन्त्री छिन् ।