News समाज

सात लाखको लागतमा वृद्ध चौतारी निर्माण

सात लाखको लागतमा वृद्ध चौतारी निर्माण

तेह्रथुम । तेह्रथुमको म्याङलुङ बजारमा वृद्धवृद्धाको जमघट र भलाकुसारीका लागि वृद्ध चौतारी निर्माण गरिएको छ । नगरपालिकाले बजारका वृद्धवृद्धाका लागि सो चौतारी निर्माण गरिदिएको हो । 

 

बजारको बीच भागमा रहेको रेडक्रस चोक नजिकै सात लाखको लागतमा निर्माण गरिएको सो चौतारीले बजार क्षेत्रमा रहेका तथा गाउँबाट बजार आउने वृद्धवृद्धाका लागि जमघट र भलाकुसारी गर्न सहज भएको ज्येष्ठ नागरिक सघंका जिल्ला अध्यक्ष केदार ढुङ्गानाले बताए । 

 

चौतारीले वृद्धवृद्धाबीचमा आपसी प्रेम र सद्भाव वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ उक्त चौतरी नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले आइतबार उद्घाटन गर्नुभएको थियो ।  
 

विशेष