विदेश

आमाले आफ्नै छोरासँग गरिन विवाह

आमाले आफ्नै छोरासँग गरिन विवाह

एजेन्सी । पुरुष र महिला संम्बन्धमा बाधिनुलाई विवाह भनिन्छ । विवाह समान्यता दुई किसिमले गरिन्छ एउटा प्रेम विवाह र अर्को मागी विवाह । तर लण्डनमा एउटा अनाैठाे विवाह भएको छ । 

 

आमा जोलिएनले आफ्नै ७ वर्षको छोरा लोगेनसँग विवाह गरेकी छिन् । त्यो पनि सबै परिवारको सहमती र खुसीको साथ । लण्डनमा प्रकाशित समाचारको अनुसार आमाले आफ्नो ७ वर्षीय बिरामी छोरालाई खुसी पर्न नक्कली विवाह गरेकी हुन् । 

 

खासमा लोगेनलाई जेनेटिक डिसअर्डर ल्युकोडिस्ट्रोफी नामक खतरनाक रोग लागेको रहेछ । आमाले बताइ, ‘छोरोले मसंग विवाह गर्ने भनेपछि मैले छोरोलाई हुन्छ भने । आमाको अनुसार छोरो धेरै दिन बाच्ने नभएकोले छोराको इच्छा पुरा गर्न विवाह गरेकी हुँ । यो पल भनेको मेरो र परिवारजनका लागि अत्यन्त भावुक थियो ।’ 

 

विवाहाको ठूलै समारोह गरी फेरीटेल वेडिङको आयोजना गयौं । आमा जोलिएन राजकुमारी र छोरा राजा बनेर विवाह गरियो । बिहेका थिम चाही ब्युटी एन्ड द बीस्ट थियो । आमाले भनिन्, ‘नक्कली बिहे भएतापनि सबै इष्टमित्र, परिवार, नातेदारहरूलाई छोराको खुसीमा सरिक हुन बोलाएका थियौं ।’ 

आमा जोलिएन छोरा लोगेन लण्डन

विशेष