विदेशीसँग सम्बन्धमा रहेका भारतीय कलाकार
नयाँ दिल्ली ,एजेन्सी । साँचो मायाले जात, धर्म, भुगोल केही पनि हेर्दैन भन्ने भनाइ नै छ । समाजिक मुल्य र मान्यताबाट माथि उठेर भएका विवाह बन्धनमा बाँधिएका धेरै उदाहरण छन् । केही दिनअघिमा बलिउड अभिनेत्री प्रियंका चोपडाले बेलायती अभिनेता निक जोनससँग इन्गेजमेन्ट गरिन् । उनीहरु दुईजनाको भेट मेट गाला २०१७ मा भएको थियो ।
त्यसपछि प्रियंका निकको कजिननकाो विवाह समारोहमा पनि पुगिन् । प्रियंंकाको जन्मदिनको अवसरमा यी दुवैले इन्गेजमेन्ट गरेका छन् । उनीहरु अक्टोबरमा विवाह गर्ने तयारीमा छन् । प्रियंकाबाहेक यी हुने विदेशी नागरिकसँग विवाह गर्ने बलिउड नायिकाः
१) तापसी पन्नु र मैथिस बोएः साउथ फिल्म पछि बलिउडमा आफ्नो भिन्नै पहिचान बनाउन सफल तापसी पन्नु ब्यामिन्टन खेलाडी मैथिस बोएलाई ‘डेट’ गरिरहेकी छिन् । डेनमार्कमा मैथिस पछिल्ल्लो चार वर्षदेखि तापसीलाई ‘डेट’ गर्दै आएका छन् । सन् २०१३ मा भएको ‘इण्डियन लीग’ को समयमा उनीहरुको पहिलो भेट भएको थियो । यी दुवैले आफ्नो सम्बन्धलाई खुलेर स्वीकार गरेका छैनन् भने त्यसलाई अस्वीकार पनि गरेका छैनन् ।
२) प्रिटी जिन्टा र जेन गुडनाँफः लामो समयसम्म सिंगल रहेकी प्रिटी जिन्टालाई उनको माया अमेरिकामा मिल्यो । ‘इन्भेस्टमेन्ट बैंंकर’ जेन गुडनाँफसँग सम्बन्धमा रहेकी प्रिटीले सन् २०१६ मा विवाह गरिन् । उनीहरुको विवाह लस एन्जलसमा भारतीय रिती रिवाजमा भएको थियो । प्रिटी चाँडै नैै बलिउड फिल्म ‘भैया जी सुपरस्टार’ बाट कमब्याक गर्दै छिन् ।
३) इलियाना डी क्रुज र एन्ड्रयू नीबोनः अस्ट्रेलियन पोटोग्राफर एन्ड्रयू र इलियाना डि क्रुज पछिल्लो चार वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका छन् । दुवैले गोप्य रुपमा विववाह गरेको खबर पनि समाजिक सञ्जालमा चलिरहेको छ । तर, इलियानाले यस कुराको पुष्टि अहिलेसम्म पनि गरेकी छैनन् । क्रिसमसको अवसरमा गरेको एउटामा पोस्टमा उनले फोटो क्रेडिटसँगै ‘हब्बी’ लेखेकी छिन् ।
४) सेलिना जेटली र पिटर हगः मुम्बइमा भएको भेटपछि पिटर सेलिना जेटलीको परिवारलाई भेट्न भारत पुगे । सन् २०११ मा सेलिना जेटलीको विवाह पिटरसँग भयो । अस्ट्रेलियन बिजनेसम्यान रहेका पिटर हगको दुबइ र सिंगापुरमा होटल्सको चेन रहेकोे छ ।
५) श्रुती हसान र माइकल कार्सेलः लण्डनमाा बस्दै आएका थियटर आर्टिस्ट माइकल कार्सेल श्रुतीका प्रेमी हुन् । डिसेम्बर २०१७ मा श्रुती, माइइकल र कमल हासनलाई एक विवाह समारोहमा एकसाथ देखिएको थियो ।