नशाको लतबारे भिडियो बनाएर युटुब स्टार बनिन् यी महिला (भिडियोसहित)
नयाँदिल्ली । त्यो समय बितिसक्यो जब मानिसहरू रात परेपछि टेलिभिजनको अघि बस्ने गर्थे । आहिलेका मनोरञ्जन र जानकारी जुटाउनका लागि इन्टरनेटलाई पहिल्याउँछन् ।
टिभीको साटो अब उनीहरू युटुब हेर्न रमाउँछन् । यसको कारण यो पनि हो कि टिभीमा हामी काल्पनिक भूमिका हेर्र्न पाउँछौं । जब कि, युटुबमा वास्तविक जीवनकै मानिस हुन्छन् । उनीहरूको अनुभव र कथावस्तु पनि वास्तविक हुुने गर्छन् ।
यसै कारण युवा मात्र मनोरञ्जनका लागि युटुबसँग जोडिएका छन् । यतिमात्र हैन, उनीहरू युटुबमार्फत पैसा पनि कमाइरहेका छन् । युटुब नै उनीहरूको जागिर बनिसकेको छ ।
२३ वर्षीया लुसी मुन यस्तै एक युटुबर हुन् । उनको दिन युटुबका लागि भिडियो बनाउने, ब्लग पोस्ट लेख्ने र पोडकास्ट रेकर्ड गर्दैमा बित्छ । उनी यी सबै काम आफ्नो फ्ल्याटमा बसेर गर्ने गर्छिन् ।
लुसी पछिल्लो आठ वर्षदेखि युटुबर बनेर काम गरिरहेकी छन् । उनको युटुब च्यानललाई पाँच लाखले सब्स्क्राइब गरेका छन् । लुसीका अनुसार उनको इमानदारीको कारण मानिसहरू उनलाई हेर्ने, पढ्ने र सुन्ने गर्छन् । आफ्नो पहिलो भिडियो उनले सन् २०१६ मा हालेकी थिइन् । अहिले उनलाई युटुबमा भिडियो बनाउने लत नै बसेको बताइन् ।
लुसीले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘मैले त्यो भिडियो मज्जाको लागि हालेकी थिइनँ । किनभने त्यस समय म एकदम नराम्रो समयबाट गुज्रिरहेकी थिएँ । मैले आफ्नो जिन्दगीमा पहिलो पटक यस्तो भिडियो बनाएकी थिएँ । मैले एकदम इमानदारीका साथ दर्र्शकलाई आफ्नो समस्याबारे बताएँ, किनभने म त्यस भिडियोमार्फत मानिहसहरूबाट सहयोग चाहन्थेँ ।’
लुसी उक्त भिडियोले आफूलाई एकदम सहयोग प्राप्त भएको बताउँछन् । तर मानिसले जवाफमा हजारौं इमेल र म्यासेज गरे । लुसीले यस्तो प्रतिक्रिया आउँछ भन्नेबारे सोचेकी नै थिइनन् । यसकासाथै भिडियोका कारण धेरै मानिसहरू उनीसँग जोडिएका छन् भन्नेबारे पनि उनलाई विश्वास लाग्न गाह्रो भएको थियो ।
एक आँकलनका अनुसार, युटुब किशोर अवस्थाका मानिसहरूबीच सबभन्दा धेरै लोकप्रिय छ र ८५ प्र्रतिशत किशोर फुर्सदको समय युटुबमा बिताउने गर्छन् ।
तथापि आजका युुवा पुस्ता टिभीमा प्रसारण हुने काल्पनिक कहानी हेर्नु भन्दा पनि आफूजस्ता आम मानिसहरूको जिन्दगीबारे चासो राख्ने गर्छन् ।
दर्शकहरू युटुब च्यानलमा लुसीको जिन्दगीमा के कसरी चल्दै छ भन्नेबारे हेर्छन् । उनीहरू लुसीले कुन कपडा किनिन्, उनले कस्तो मेक अप गरिन् या उनी आफ्नो विकेन्ड कसरी मनाउँछन् भन्नेबारे बुझ्न लुुसीको भिडियो हेर्ने गर्छन् ।
लुसीका अनुसार युटुबमार्फत हामी एकदम सजिलै कसैको जिन्दगीको हिस्सा बन्छौं । ती भिडियोहरू ‘सेयरिङ प्लेटफर्म’ मानिने ‘सेलिब्रेटी कल्चर’ को एउटा सानो पाटो भएको लुसीले बताइन् ।
उनले भनिन्, ‘मानिसहरू मेरो जिन्दगीमा के भइरहेको छ भन्नेबारे जान्न चाहन्छन् । युटुब एक यस्तो ढोका हो जसमार्फत तपाईं अरू व्यक्तिसँग १० मिनेटका लागि सीधै जोडिन सक्नु हुनेछ । युटुबर र दर्शकबीच एक यस्तो निजी सम्बन्ध बन्छ जसका कारण युटुबर उनीहरूको रोल मोडल बनिदिन्छन् । मलाई युटुबर हुनुुको यो पाटो निकै शानदार लाग्छ ।’
तर केही सेलिब्रेटीजस्तै युटुबरलाई पनि धेरै पटक मानिसहरूको रिसको सामना गर्नुपर्छ । किनकि युटुबमार्फत त कोही पनि सजिलैै कमेन्ट र ट्रोल गर्र्न सक्छन् ।
लुसीले सुरु सुरुमा मानिसहरूले उनको भिडियोमा एकदमै धेरै नकारात्मक कमेन्ट गर्ने गरेको पनि बताइन् । उनले भनिन्, ‘म ती कमेन्टलाई युटुब र टुइटरमा आफ्नो भिडियो तल देख्न सक्थेँ । त्यस्ता कमेन्ट हेरेर बस्न र त्यसको सामना गर्नु भनेको गाह्रो काम हो । तर बिस्तारै बिस्तारै मैले यस्ता कुुराहरूको सामना गर्न सिकेँ । अन्य मानिसहरूले दिने मायाले गर्दा पनि नकारात्मकताबाट मुक्ति पाउन सजिलो भयो ।’
उनी भन्छिन्, ‘अहिले मेरो आफ्नै एक म्यानेजर र थेरापिस्ट छन् । मेरी बहिनी मेरो भिडियोमा आएका सबै कमेन्ट हेर्ने गर्छिन् । कमेन्ट पढेर मेरो दिन खराब हुन्छ भनेर मैले हेर्नु पहिला नै उसले सबै कमेन्टहरू हटाइसकेकी हुन्छन् । तर जुन कमेन्टमा राम्रो अलोचना हुन्छन् त्यस्ता कमेन्टलाई हामी हटाउँदैनौँ ।’
युटुबर बनेर लुसीले राम्रो आम्दानी गरिरहेकी छन् । तर यो काम जति सजिलो देखिन्छ त्यस्तो छैन । उनले केही क्यामेरामा भिडियो रेकर्ड गरेर सीधै इन्टरनेटमा हालेकी होइनन् ।
उनी भन्छिन्, ‘म हरेक हप्ताको लागि एउटा भिडियो बनाउँछु । यसकोे सुटिङ र एडिटिङमा दुईदेखि तीन दिनसम्म लाग्छ । यसबाहेक इमेलको जवाफ दिनु, एडमिन र पछिको लागि प्लानिङ गर्र्नुजस्ता धेरै काम हुन्छन् ।’
९—५ को जागिर नगर्नेहरूलाई औैसत मानिसहरूले काम गरेको भन्ने जस दिँदैनन् । लुसी यस कुुरासँग सहमत छैनन् । उनी भन्छिन्, ‘म एक आत्मनिर्भर व्यक्ति हुुँ । अरू काममा तपाईंलाई बिदा मिल्न सक्छ । तर हामी युटुबरहरूको लागि कहिल्यै बिदा हुुँदैन । तर अहिले भने मैले कामबाट केही ब्रेक लिएर बिदामा जाने फैसला गरेकी छु ।’
लुसी भन्छिन्, ‘कि मानिसहरूमा युटुबरलाई लिएर यसबाहेक धेरै गलत धारणा छन् । जस्तो कि, मानिसहरू हामीलाई धेरै उपहार आउँछ पनि भन्ने गर्छन् ।’
उनका अनुसार, युटुमार्फत लुसी कहिल्यै आफ्नो जीवनबारे सबै कुरा बताउँदैनन् । उनले थपिन्, ‘म आफ्नोे व्यक्तिगत जीवनबारे सबै चिज खुलासा गर्दिनँ । मेरो पनि आफ्नो परिवार छन्, साथीभाइ छन्, उनीहरूको बिचार म युटुबाट गर्दिनँ । मैले दर्शकलाई मात्र यस्तो कुरा प्रस्तुत गर्ने हो जसमार्फत उनीहरूलाई केही जानकारी प्राप्त होस् ।’
युटुब स्टार बनिन् २३ वर्षीया लुसी मुन