News शेयर

शेयर बजार सामान्य अंकले घट्याे

शेयर बजार सामान्य अंकले घट्याे

                                                                                                
काठमाडौँ । आज शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २.५६ बिन्दुले घटेर एक हजार १९१.३१ बिन्दुमा पुगेको छ ।

 

‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४१ बिन्दुले घटेर २५१.१५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार, कूल १६२ कम्पनीको छ लाख ७२ हजार ३६८ कित्ता शेयर रु २० करोड ७९ लाख २१ हजार ४७० मूल्यमा खरीद बिक्री भएको छ । कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपमूहको शेयर उकालो लागेको छ । 

 

बैंकिङ ०.७३ र उत्पादन समूह १.१७ बिन्दुले बढ्दा होटल २.२५, विकास बैंक ८.२७, जलविद्युत् १.५६, वित्त १.९६, निर्जीवन बीमा ५७.३७, अन्य ४.३९, माइक्रोफाइनान्स १०ं७२, बीमा २६.०६ बिन्दुले घटेको छ । 

 

यस्तै स्टकमा एनएमबी बैंकले शेयर मूल्य समायोजन गरेको जानकारी गराएको छ । बैंकले रु ३१७.३९ प्रतिकित्ता शेयरमा १५ प्रतिशत बोनस शेयरसमेत थप गरेको छ । बैंकको शेयरको आधारभूत मूल्य रु ३९१.७ कायम भएको छ । 
 

काठमाडौं नेप्से परिसूचक

विशेष