News

दोलखा केन्द्रविन्दु भई भूकम्प

दोलखा केन्द्रविन्दु भई भूकम्प

काठमाडौँ । आज दिउँसो २ बजेर ३२ मिनेट जाँदा दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर  ४.२ रेक्टर स्केलको भूकम्पको परकम्प गएको छ । 


राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार,यसअघि पनि गत साउन ८ गते गजुरी आसपास केन्द्रबिन्दु भई ४.८ रिक्टर स्केलको परकम्प गएको थिया । यसै गरि असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको परकम्प गएको थियो । भने गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।  


केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५०६ वटा परकम्प भएका छन् । 
 

दोलखा राष्ट्रिय भुकम्प मापन केन्द्र

विशेष