सनी लियोनीले आफ्नो विगतबारे छोराछोरीलाई जवाफ के ?
काठमाडाैं । सनी लियोनीको जिन्दगीमा आधारित वेब–सिरिज ‘करनजीत कौर’ को ट्रेलरमा एक पत्रकारले उनीसँग सोध्छन्, ‘कुनै वेश्या र पोर्न स्टारमा फरक के हुन्छ ?’
जवाफमा सनी लियोनीले भन्छिन्, ‘एउटा सिमिलारिटी छ–गट्स ।’
यही ‘गट्स’ अर्थात हिम्मत सनी लियोनीको भाव, अनुहार र कुरामा देखियो जब उनी एक अन्तर्वार्ताको क्रममा मुम्बईको एक होटलमा भेटिइन् ।
उनले भनिन् कि करनजीत कौरका लागि पत्रकारसँग त्यो इन्टरभ्युको सिन सुट गर्न निकै मुश्किल भएको थियो ।
सनी लियोनीका बारेमा खास धारणा किन छ ?
सनीले भनिन्, ‘मलाई निकै असहज लाग्यो किनकी त्यो साँच्चै खराब प्रश्न थियो, तर हामीले त्यो राखेका छौँ किनकी यो प्रश्न मानिसको मनमा हुन्छ र म त्यसको जवाफ दिन चाहन्छु ।’
सनी लियोनी पछिल्लो पाँच वर्षदेखि भारतमा गुगलमा सबैभन्दा बढी खोजिएको नाम हो । मानिस उनलाई हेर्न चाहन्छन्, उनको बारेमा जान्न चाहन्छन्, तर धेरै हदसम्म उनका बारेमा विचार भने पहिले नै बनाएका हुन्छन् ।
आफ्ना बारेमा एक प्रकारको धारणा बन्नुमा आफू नै कारक रहेको सनीलाई लाग्छ ।
सनीले भनिन्, ‘म आफ्नो सोच र जिन्दगीमा पारदर्शी छु, तर मानिसहरु मैले अहिले छोडेको पेशासँग जोडेर हेर्छन् । यसमा उनीहरुको गल्ती छैन । तर समयसँगै म पनि परिवर्तन भएकी छु र आश छ कि मानिसहरु मेरो व्यक्तित्वमा भएको यो परिवर्तनलाई बुझ्ने छन् ।’
सनीले बलिउड चलचित्र उद्योगमा ‘आइटम नम्बर’ का रुपमा लिइने गीत तथा चलचित्रमा मुख्य कलाकारको रुपमा पनि काम गरेकी छन् । उनले हालै आफ्नो परफ्युम ‘द लस्ट’ पनि लञ्च गरेकी छन् ।
सनीको नाममा विवाद
सनीले ल्याएको परफ्युमको नामलाई लिएर विवाद भएको छ । उनले यो कुरा अस्वीकार गरिन् ।
यो उमेरमै आफ्नो नामको परफ्युम आउनु कुनै पनि व्यक्तिका लागि सपना जस्त रहेको र आफूलाई यहि नाम ‘द लस्ट’ नै राम्रो लागेको बताइन् । सनीले भनिन्, ‘अरु परफ्युमका ब्राण्ड पनि छन्, यस्ता नामहरु प्नि छन्, जस्तै–सिडक्शन वा फायर एण्ड आइस ।’
‘करनजीत कौर’ सनीको वास्तविक नाम हो । उनको जिन्दगीमा आधारित वेब सिरिजको नाम पनि यहि राखिएको छ । तर यसमा शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले बिरोध गरेको थियो र भनेको थियो कि ‘कौर’ नाम सिख धर्ममा निकै महत्वपूर्ण छ र सनीको नाम ‘पोर्न’ सँग जोडिएको थियो ।
सनीसँग जब यो कुरा राखियो, उनले भनिन्, ‘पासपोर्टमा मेरो यहि नाम छ । आमाबुवाले मलाई दिनुभएको थियो र अहिले उहाँहरु हुनुहुन्न ।’
उनले भनिन्, ‘मेरो खास नाम करनजीत कौर हो र मेरो कामको नाम मात्रै सनी ।’
पोर्न : पछुतो छैन
पोर्न उद्योगमा आफूले गरेको कामलाई लिएर कुनै लाज वा पछुतो सनीमा छैन । आफ्नो रोजाइले काम गरेको उनले बताइन् ।
भारतमा लुकिछिपी पोर्न हेर्न कुनै रोक छैन तर पोर्न भिडियो, तस्बिर आदी बनाउन वा वितरण गर्नु भने गैरकानुनी हो । विश्वको सबैभन्दा ठूलो पोर्न वेब साइट ‘पोर्नहब’ का अनुसार अमेरिका, बेलायत र क्यानडापछि पोर्न हेर्ने धेरै मानिस भारतमा छन् ।
त्यसो भए भारतमा पनि पोर्न उद्योगलाई कानुनी मान्यता दिनु पर्छ ?
यसको जवाफमा सनीले भिनन्, ‘यो मैले निर्णय गर्ने विषय होइन । भारत सरकार वा यहाँका बासिन्दाले भन्ने कुरा हो ।’ सनी पोर्नमा लागिन् । उनका बुवाआमालाई यो स्वीकार्य भएन । तर आफूले बुवाआमाको इज्जत गर्ने उनले बताइन् ।
अहिले उनका पनि सन्तान छन् । उनले एक छोरीलाई एडप्ट्ड गरेकी छन् भने सरोगेसी मार्फत दुई छोरा पनि छन् ।
के उनीहरुलाई पनि आफ्नो जिन्दगीको निर्णय लिने स्वतन्त्रता हुनेछ ?
यसमा सनीले भिनन्, ‘पक्कै पनि, म चाहन्छु कि मेरा सन्तानले उचाई छोउन्, मंगल ग्रहसम्म पुगुन् । तर निर्णय र बाटो उनीहरुकै रोजाईको हुनेछ ।’
छोराछोरीलाई के भन्ने छिन् ?
अन्तिम प्रश्न सायद सबैभन्दा कठिन थियो । प्रश्न सनी लियोनीका बारेमा थियो तर जवाफ करनजीत कौरे दिनु पर्ने ।
‘के तपाईँ आफ्नो अघिल्लो पेशका बारेमा छोराछोरीलाई बुझाउनु हुनेछ ?’
सनीलाई यो प्रश्न राम्रो त लागेन, तर यो कुरा उनको मनमा नगडेको होस् यस्तो पनि होइन ।
आफ्नो जिन्दगीमा उनले जे निर्णय गरिन् त्यसबाट मानिसमा बनेको धारणसँगै बाँच्न सजिलो त छैन । तर उनी त्यहि ‘गट्स’ ले अहिले मानिसको धारणालाई चासो नदिन सक्ने भएकी छन् ।
उनलाई आमा बन्न मन थियो, लामो समयदेखि । अहिले उनी त्यहि आनन्द बाँचिरहेकी छन् ।
तर आफ्नो विगत बताउने बारे उनले भनिन्, ‘जब बेला आउने छ, म मेरो वास्तविकता इमानदार भएर प्रस्तुत गर्नेछु ।’
(बिबिसी हिन्दीका लागि दिव्या आर्यले सनी लियोनीसँग गरेको कुराकानीमा आधारित भएर तयार पारेको सामग्रीको अनुवाद ।)