News मुख्य समाचार

प्रधानमन्त्री ओलीले मन माझेर भने, ‘ग्यास सिलिन्डर काँधमा बोक्ने दिए गए’

प्रधानमन्त्री ओलीले मन माझेर भने, ‘ग्यास सिलिन्डर काँधमा बोक्ने दिए गए’

काठमाडौं । सानो भोल्युममा किन नहोस् आखिर प्रधानमन्त्री केपी शर्मा ओलीले पालेको विचार पोख्ने मौका पाए र भने, ‘अब काँध काँधमा सिलिन्डर बोक्ने दिन समाप्त हुँदैछ ।’


प्रधानमन्त्री ओलीले मंगलबार विराटनगरमा नेपालमा पहिलोपटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गर्दै भने, ‘आज यहाँका ३२ घरका जनतालाई काँधमा सिलिन्डर बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिलिन्डरको बिदाइ भएको छ । यसलाई अभियानकै रूपमा देशैभर विस्तार गरी ऊर्जामा आत्मनिर्भर बन्नु अबको आवश्यकता हो ।’ 

 


बायोग्यासबाट उत्पादित ग्यास एलपिजीभन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री र यसबाट प्रांगारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले सो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । 

 


विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ । 
प्रधानमन्त्री ओलीले भने, ‘अब पनि समस्या छ भनेर बस्ने अवस्था छैन, समस्यालाई सम्पत्तिका रूपमा उपयोग गर्नुपर्छ, आवश्यकता, दृष्टिकोण र प्रतिबद्धताले नै अगाडि बढ्न सकिन्छ ।’  
 

प्रधानमन्त्री ओली ग्यास सिलिन्डर

विशेष