News समाज देश

थुनामा राखिएकी युवतीले बच्चा जन्माइन्

थुनामा राखिएकी युवतीले बच्चा जन्माइन्

भद्रपुर । जिल्ला कारागार झापामा थुनामा रहेकै बेला बच्चा जन्माएकी एक युवती कारागारमुक्त भएकी छिन् । 

 

भद्रपुर–४ की २० वर्षीया सुस्मिता गुरुङलाई सरकारले कैद मिनाहा गरी कारागारमुक्त गरेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए ।

 

चार महिनाको गर्भवती अवस्थामा सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा पु¥याइएकी उनले मेची अञ्चल अस्पतालमा यही साउन १० गते छोरी जन्माएकी थिइन् । 

 

जिल्ला प्रशासन कार्यालय झापाले तोकेको पाँच हजार धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार चलान भएकी थिइन् । जिप्रका झापाले नै बाँकी कैद मिनाहा गरेर उनलाई रिहा गरेको कारागार प्रमुख निरौलाले बताए । 
 
 

युवती कारागारमुक्त थुनामा बच्चा जन्माइन

विशेष