स्वास्थ्य शिक्षा सबैको पहुँचमा हुनुपर्छ : उपप्रधानमन्त्री यादव
काठमाडाैं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सरकारले केन्द्रमा मात्र डाक्टरहरू थुप्रिएर ग्रामिण भेगमा स्वास्थ्य सुविधा पुग्न नसक्ने बताएका छन् ।
जनकपुर अञ्चल अस्पतालद्वारा आयोजित छलफल कार्यक्रममा उनले विगतमा स्वास्थ्य सेवा केन्द्रमा मात्र केन्द्रित भएको र अब त्यसो हुन नदिई समान रुपमा स्वास्थ्यको पहुँच पु¥याउनुपर्ने दाबी गरेका हुन् । यादवले आधारभुत स्वास्थ्य नीति निर्माणको तयारीमा सरकारले गृहकार्य गरिरहेको पनि जानकारी दिनुभयो । अबको सघिंय संरचना अनुसार विगतका गल्ती र प्रवृतिमा सुधार हुनेगरी सबै स्थानमा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिने बताए ।
मन्त्री यादवले विगतमा भएका गल्तीहरूलाई सच्याइँदै अब भूगोल क्षेत्रअनुसार स्वास्थ्य शिक्षाको पहुँच पु¥याई उनीहरूलाई आफ्नै क्षेत्रमा सेवा गर्ने वातावरण मिलाउनलाई सरकारले जोडबल गर्नेपनि दाबी गरे ।