अन्तत म्यानपावर र कामदारका आफन्तबीच आठ बुंदे सम्झौता
काठमाडौं । क्याट्रिंगको काम भनेर ३८ जना नेपालीलाई विदेशी रोजगारमा चक्रपथस्थित तिनजुरे म्यानपावरले सउदीको ‘सोनमार कन्ट्राक्टिङ एण्ड एडभर्टाइजिङ’ भन्ने सप्लाई कम्पनीमा पठायो । तर त्यहाँ सप्लाई कम्पनिले फरक काममा लगायो । समयमा तलब र सुविधा नपाउँदा कामदारहरू काममा नगएर एक दिन विरोध गरे, फलस्वरूप कम्पनिले सबैलाई निकालीदियो । सउदीको ५० डिग्री तापक्रममा सबैलाई सडकमाा बिताउनुप¥यो । पछि एकै ठाउँमा सबैको लागि बस्ने व्यवस्था गरियो । खानपिनको पनि अभाव थियो । सबैजनाले शरिन तामांगसँग मद्दतको गुहार लगायो । शरिन मार्फत यसबारे पहल गर्न नेपालमा रहेका समाजसेवी सरोज रायलाई भनियो ।
कामदारको परिवारसंग मिलेर समाजसेवी रायले विभीन्न सम्बन्धित निकायमा निवेदन दर्ता गराए । विदेशी रोजगार विभाग, श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र प्रवधन बोर्ड सबै ठाउँमा निवेदन दर्ता भयो । दवाब बढ्न थालेपछि तिनजुरे म्यानपावरका संचालकले सउदीस्थित नेपाल दुतावासबाट रायको सम्पर्क नम्बर लिई उनीसँग भेटघाट गरे । भेटघाटमा रायलाई पैसाको प्रलोभन समेत दिइयो तर रायले ठाडै इन्कार गरेपछि म्यानपावर माथि झन दवाब बढ्यो । श्रम मन्त्रीबाट म्यानपावर संचालकलाई पक्राउ गरि समस्या समाधान चांडो गर्न आदेश आएपछि विभीन्न शर्तहरू पुरा गर्छु भन्दै रोजगार विभागमा पटक पटक वार्ता भयो ।
अन्तोगत्वा मंगलबारको दिन रोजगार विभागको रोहवरमा म्यानपावर संचालक र कामदारको आफन्तबिच ८ बुंदे सम्झौता पत्रमा हस्ताक्षर भयो । यी शर्तहरू पुरा गर्ने म्यानपावरले प्रतिवद्धता गरेका छन् ः
१. सम्पूर्ण ३८ जना कामदारहरुलाई सरसफाईको काम दिइनेछ ।
२. दिनमा ८ घण्टा महिनमा २६ दिन काम गर्नुपर्नेछ ।
३. तलब साउदी रिअल १००० ं २०० खानाको लागि दिइनेछ ।
४. बस्न सुविधा, यातायात सुबिधा, सुरक्षा आदि कम्पनिले उपलब्ध गराउने छ ।
५. मेडिकल,आइडी कार्ड,जीवन वीमा, कम्पनिले काम सुरु गरेको ४५ दिन भित्र उपलब्ध गराउने छ ।
६. नेपालबाट साउदी कम्पनिमा आएको दिन देखीको काम गरेको तलब आज सम्म जति पायो पाउन बाकि सम्पूर्ण तलब ३८ जाना कामदारहरुले काम सुरु गरेको ७ दिन भित्र पाउनेछ, बाँकी काम नगरी बसेको आजसम्मको तलब हरेक महिनाको तलबमा थपेर कम्पनीले दिनेछ ।
७. सम्पूर्ण ३८ जाना कामदारहरुले २ वर्ष करार अवधि सकेपछि घर फर्किनु चाहने कामदारलाई हवाई टिकेट दीई घर फिर्ता कम्पनिले गराउनेछ । काम गर्न चाहनेलाई सम्पूर्ण सेवा सुबिधा उपलब्ध गराई पुन काम दिइनेछ ।
८. हाल लाई आइडी कार्ड नभएसम्म अस्थाई आइडी कार्डको उपलब्ध गराईनेछ ।
सोही समझौता पत्रमा यी शर्तहरू पुरा नभए नेपालबाट पठाउने म्यानपावर कम्पनि तिनजुरे इमप्लोइमेन्ट सर्भिसेज र इम्पावर ओभरसिज प्रा.लि. पूर्ण रूपले जवाबदेही हुनेछ भनेर समेत उल्लेख गरिएको छ ।
यी शर्तहरू पुरा गर्छु भनेर दुवै पक्ष बिच सम्झौता पत्रमा हस्ताक्षर भएपनि सउदीमा अल्पत्र परेका ३८ जना कामदारहरू सन्तुष्ट नरहेको जानकारी दिँदै समाजसेवी रायले भने, “हामीले उद्धारको लागि धेरै प्रत्यन ग¥यौं, सम्बन्धित सबै निकाय धाय तर सरोकारवाला गम्भीर नै नभएपछि के गर्ने? सउदीबाट एकै पटक ३८ जनालाई उद्धार गर्न धेरै चुनौती रहेको हुनाले हामी कामदारहरू लाई फेरी काममा फिर्ता पठाउन राजी भए । म्यानपावर कम्पनिले प्रतिवद्धता गरेको यी शर्तहरू इमान्दारीपूर्वक पुरा गरे अब उपरान्ह समस्या आउँदैन होला तर यी सबै शर्तहरू पुरा हुन्छ भनेर अहिले नै भन्न सकिदैन ।”
रायले थपे, “समस्याको समाधान जडबाट हुनुपर्छ । मात्र पिडीत र म्यानपावर बिच सम्झौता गराएर हुंदैन । जबसम्म दोषी म्यानपावर कम्पनि माथी कानुनी कार्यवाही हुंदैन, यस्ता समस्याहरू यथावत नै रहन्छ । विदेशी रोजगारमा गएका कामदार तपका प्रति नेपालको कुनै पनि निकाय गंभिर रहेको छैन । समस्या समाधान भन्दा पनि पैसाको चलखेलमा सेटिंग बढी हुन्छ र म्यानपावर कम्पनि उम्किन सफल हुन्छ ।”
सउदीमा मृत्युदण्ड पाएका एक नेपालीको जीवनरक्षाको लागि समाजसेवी राय पाकिस्तान र सउदीसमेत पुगेका थिए । केहि दिन पहिला मात्र शरिनसँग मिलेर रायले १४ नेपालीलाई सउदीबाट उद्धार गर्न सफल भएका थिए । यति मात्र होइन, समाजसेवी राय दिल्ली पुगेर दिल्ली महिला आयोगको अध्यक्षसंग सहकार्य गरि ३९ नेपाली चेलीबेटीलाई उद्धार गर्न सफल भएका थिए ।