News खेल

एसियाली खेलुकद : प्याराग्लाइडिङको टिम एक्युरेसीमा नेपाल महिलामा सातौं र पुरुषमा आठौं

एसियाली खेलुकद : प्याराग्लाइडिङको टिम एक्युरेसीमा नेपाल महिलामा सातौं र पुरुषमा आठौं

जकार्ता (इन्डोनेसिया)- १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम एक्युरेसीमा नेपाल आठौं भएको छ। नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङले प्रतिस्पर्धा गरेका थिए। यो इभेन्ट्समा आयोजक इन्डोनेसियाले स्वर्ण जितेको छ। दक्षिण कोरियाले रजत र थाइल्यान्डले कास्य पदक हात पारेका छन्।

 

महिला टिम एक्युरेसीमा नेपाल सातौं भएको छ। नेपाली टिमबाट त्रिसा श्रेष्ठ, प्रतिभा भूजेल र सविता तामाङले प्रतिस्पर्धा गरेका थिए। महिला टिम एक्युरेसीको स्वर्ण थाइल्यान्डले जितेको छ। इन्डोनेसियाले रजत र दक्षिण कोरियाले कास्य हात पारेको छ।

 

यता पुरुष व्यक्तिगत एक्युरेसीमा नवौं राउन्डको खेल सकिदा नेपालका विजय गौतम १७औं र सुशील गुरुङ २१औं स्थानमा छन्। यो स्पर्धाको फाइनल बिहीबार हुनेछ।

 

शुक्रबारबाट क्रस कन्ट्री इभेन्ट सुरु हुनेछ। क्रस कन्ट्रीमा पनि नेपालले ३ इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ। 
 

विशेष