News

सेनाले उठाउन नसकेकाे पैसा अरू कसले सक्ला ?

सेनाले उठाउन नसकेकाे पैसा अरू कसले सक्ला ?

काठमाडौं. ।  नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न गरेको छैन ।

 

कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक वित्तीयसंस्थाबाट सेनाले करिब २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो । 

 

सैनिक कल्याणकारी कोषले ३० वाणिज्य बैंक (तत्कालीन अवस्थामा तर, हाल मर्ज भएर वाणिज्य बैंक २८ मात्र छन्), २ विकास बैंक र ५ फाइनान्समा २७ अर्ब भन्दा बढी निक्षेप राखेको छ । 

 

हरेक बर्ष सेनाले पत्रकार सम्मेलन गरी जोखिमको निक्षेप फिर्ता गर्ने बताउँदै आए पनि पछिल्लो ७ बर्षमा पनि जोखिममा रहेको सैनिक कल्याणकारी कोषको धन उठाउन नसकेको हो । 

काराेबार दैनिकबाट 

विशेष