News मुख्य समाचार

प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश

प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लवका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई रिहा गर्न आदेश दिएको छ । 
सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबार विश्वकर्मालाई थुनामा राख्ने कुनै मनासिव कानुनी आधार नभएकाले उनलाई रिहा गर्न आदेश जारी गरेको हो । 

 

आदेशमा भनिएको छ, ‘जुन मुद्दाको सिलसिलामा विश्वकर्मालाई पक्राउ गरेको हो सो मुद्दामा अनुसन्धान गरी पर्याप्त कारण र प्रमाणको आधारमा कानुनबमोजिम मुद्दा चलाउन कानुनले रोक लगाएको नदेखिँदा पर्याप्त कारण र आधारबिना कानुनी प्रक्रिया नै पूरा नगरी पुनः पक्राउ गरेको कार्यलाई कानुसंगत मान्न नमिलेबाट निवेदकको मागअनुसार बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । बन्दीप्रत्यक्षीकरणको आदेश जारी भई गैरकानुनी थुनाबाट निज खड्गबहादुर विश्वकर्मालाई यस अदालतका मुख्य रजिष्ट्रारका रोहबरमा छाडी सोको निस्सा मिसिल सामेल राख्नू ।’


विश्वकर्मालाई यसअघि साउन २२ गते पनि बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्ने सर्वोच्चबाट आदेश भएतापनि अदालत परिसरबाट निस्किने क्रममा पुनः उनलाई पक्राउ गरी काभ्रेको एनसेल टावरमा आक्रमणमा संलग्न भएको अभियोग लगाइएको थियो ।  विश्वकर्मालाई पुनः पक्रने सरकारको तयारी रहेको बुझिएको छ । 


 

प्रकाण्ड नेकपा विप्लव

विशेष