लिभरपुलले अस्वीकार गर्याे दुई बिलियन पाउन्डको प्रस्ताव
काठमाडाैं । म्यानचेस्टर सिटीका अरवियन मालिक सेख मन्सुरको २ विलियन पाउन्डको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरेको छ । सिटी पछि लिभरपुललाई पनि आफ्नो बनाउन चाहेका सेखको सो प्रस्ताव असफल भएपछि उनले केही प्रतिशत सेयर लिन खोजेका छन् ।
प्रिमियर लिग क्लवमा अरवियन व्यक्तिहरुको लगानी बढ्दै गएका बेला इमिरेट्स मेम्बर सेखले २०१७ को अन्तिम र २०१८ को सुरुवातमा लिभरपुलमा ठुलो लगानी लगाउन तयार भएका थिए । तर लिभरपुलका मालिक टोम वेरनेरले अस्वीकार गरेका छन् । क्लब किन्नका लागि सेखका प्रबन्ध निर्देशक सेख खालिदले टोमलाई न्युयोर्कमा भेट पनि गरेका थिए ।
तर उनीहरु बीचको बार्ताले सार्थकता ल्याउन सकेन । आवुधावीका सर्वाधिक सफल ब्यापारी शेखले लिभरपुल किन्नका लागि क्लवको पुरै भ्यालु दिन तयार भएका थिए । त्यसका विषयमा विहीबार राति लिभरपुलले छलफल पनि गरेको थियो तर बार्ता सफल भएन । यदि लिभरपुलले सेखको प्रस्तावलाई मानेको भए फुटबल इतिहासमा सबै भन्दा धरै रकम तिरेर क्लव किनेको इतिहास हुने थियो ।