News अर्थ कर्पोरेट

केरुङमा रोकिए करोडौंका सामान

केरुङमा राखिएका ४ कन्टेनरबाट सामान चोरी भयो : व्यवसायी

केरुङमा रोकिए करोडौंका सामान

रसुवा । रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिराेले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् ।

 

रसुवागढीको नाका नजिकैको पहिरो, घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो ।

 

तीन साताअघिबाट यातायात अवरुद्ध भएपछि हालसम्म झन्डै १ हजार २ सय कन्टेनर केरुङमै थन्किएका हुन् । आयात गर्न लागिएका अघिकांश सामग्री दसैं र तिहारसँग सम्बन्धित छन् ।

 

यातायात अवरुद्ध भएपछि रसुवा भन्सारको कारोबार ठप्प भएको छ । तातोपानी नाका बन्द भएपछि प्रमुख नाकाका रूपमा सञ्चालित रसुवागढीसमेत अवरुद्ध हुँदा व्यवसायीले झन्झट बेहोर्नुपरेको छ । स्याउलगायत कुहिने सामग्रीहरू व्यवसायीले बोकाएरै राजधानी ल्याइरहेका छन् । आयात ठप्प हुँदा दैनिक लाखौं राजस्व असुल हुने नाका सुनासान छ ।

रसुवागढी नाका केरुङ

विशेष