News

बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पदमार्ग निर्माण

बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पदमार्ग निर्माण

म्याग्दी । सदरमुकाम बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु गरिएको छ ।  बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा जिल्ला सदरमुकाम बेनी बजारदेखि बेनपा–२ खबरास्थित लभ्लीहिल जोड्ने पदमार्ग निर्माण गर्न थालिएको योजनालाई ‘मोना बेनी लभ्लीहिल पदमार्ग’ योजना नामाकरण गरिएको छ । 

 

रु ५७ लाख आठ हजार २६० लाग्ने अनुमान गरिएको सो पदमार्गको ५१८ मिटर लम्बाइ र १.८ मिटर चौडाइ हुने दायाँबायाँ दुवैतर्फ रेलिङसहितको राखिने र आगामी छ महिनाभित्र निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिने पदमार्ग निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले बताए । 

 

पदमार्गका लागि नगरपालिका, मोना र सङ्घको क्रमशः ५०, ४० र १० प्रतिशत लगानीमा पदमार्ग निर्माण हुनलागेको सो पदमार्ग गैरनाफामूलक उद्देश्यले निर्माण गर्न लागिएको हो । जन्मथलोको पर्यटन विकासका लागि विश्वका विभिन्न देशमा रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरेर पदमार्ग निर्माणका लागि उपलब्ध गराइने मोनाका उपाध्यक्ष ओमनारायण जुक्जालीले बताए । रासस

म्याग्दी पर्यटन प्रर्वद्धन सदरमुकाम बेनी बेनी नगरपालिका

विशेष