News विदेश

लागुऔषध सप्लाई गर्न बनाइयो अमेरिकाबाट मेक्सिकोसम्म सुरुङ

लागुऔषध सप्लाई गर्न  बनाइयो अमेरिकाबाट मेक्सिकोसम्म सुरुङ

अमेरिकाको एरिजोनाबाट मेक्सिकोको लुइस रियो कोलोराडो शहरको एउटा घरसम्म पुग्ने गरी सुरुङ खनिएको भेटिएको छ । 

 

झण्डै १ सय ८० मिटर लामो यो सुरुङ लागुपदार्थ तस्करीको लागि प्रयोग भैरहेको पाइएको अमेरिकाले दाबी गरेको छ । गएको हप्ता यो सुरुङबारे पत्ता लागेपछि दक्षिणी ऐरिजोनामा रहेको त्यो घरको मालिक इवान लोपेन्जलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । प्रहरीले १० अर्ब रुपैयाँभन्दा धरैको लागु औषधसमेत भेटेको खबरमा उल्लेख छ । 

अनुसन्धानकर्ताले लोपेजको घरमा रहेको पुरानो केएफसी रेस्टुरेन्टमा छानबिन गर्दा रेस्टुरेन्टको किचेनभित्र सुरुङ फेला पारेको हो । जुन सुरुङ मेक्सिकोको एउटा घरमा रहेको ओछ्यानमुनि गएर टुंगिन्छ । सुरुङबाट डोरीको सहयोगले लागुऔषध बाहिर निकालिने गरेको बताइएको छ । 

 

लागुऔषध लुकाउन प्रयोग भएको सुरुङ फेला परेको यो पहिलो घटना भने होइन । दुई वर्षअघि क्यालिफोर्नियाको सान डिएगोमा लागुऔषध लुकाउन प्रयोग गरिएको २ हजार ६ सय फीट लामो सुरुङ फेला परेको थियो । 

मेक्सिको

विशेष