शेयर आवेदन भर्दा हजारको बाह्र थान जाली नोट फेला
दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर संकलनको क्रममा जाली नोट फेला परेको छ ।
साउन १६ गतेदेखि शेयर संकलन गर्ने क्रममा दोलखामा कार्यरत विभिन्न बैंकमा बुझाइएका बाह्र थान हजार रुपैयाँ दरका जाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । यससँगै प्रहरीले सर्वसाधारण तथा वित्तिय संस्थाहरुलाई सावधान हुन आग्रह गरेको छ ।
बैंकमा भीडाभाडको समयमा शेयर आवेदन भर्नेहरुबाट जालीनोट बैंकमा आएको हुसक्ने बताइएको छ । जाली नोटको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
तामाकोशी जलविद्युत् आयोजना शेयर संकलनको क्रममा जाली नोट फेला