अपाङ्ग महिला बलात्कार गर्ने पक्राउ
गुल्मी । जिल्लाको इस्मा गाउँपालिका वडा नं ५ का ५६ बर्षिय धन बहादुर चुँदारालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
चुँदाराले सुस्त मनस्थिति भएकी ३५ बर्षिया महिलालाई भदौ ७ गते ओडारमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिव बहादुर खत्रीले बताए ।
महिलाको भदौ ८ गते जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परिक्षण गरिएको र चुँदारालाई सोहि दिन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको काम भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए ।
उनले बलात्कारको हकमा सात बर्षदेखि १० बर्षसम्म कैद र शारिरीक तथा मानसिक रुपमा अपाङ्ग महिलालाई बलात्कार गरे थप पाँच बर्ष कैदको व्यावस्था कानुन रहेको बताए ।