विदेश

अफगानिस्तानमा ३३ लडाकू मारिए

अफगानिस्तानमा ३३ लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ३३ तालिबान लडाकू मारिएका छन् । घटनामा परी अन्य १३ जना घाइते भएका एक जना सैन्य अधिकारीले शनिबार जानकारी दिएका छन् । 

‘अफगानी हवाइ सुरक्षाबलको सहयोगमा अफगान राष्ट्रिय सेनाले सो दक्षिणी प्रान्तको राजधानी मैमाना सहरमा शुक्रबार सुरक्षा कारबाही गरेको हो ।’ सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले भने । 

मारिएका मध्ये दुई जना तालिवान विद्रोहीका कमाण्डरसमेत रहेका रेजाईले जानकारी दिए । तालिवान लडाकूले भने घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । 

अफगानिस्तान तालिबान लडाकू

विशेष