विदेश

आगलागी हुँदा १८ को मृत्यु

आगलागी हुँदा १८ को मृत्यु

बेइजिङ । चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार बिहानै कम्तीमा १८ को मृत्यु भएको छ । उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी सुरु भएको अधिकारीहरुले जनाएका छन् । 

 

राज्यद्धारा सञ्चालित समाचार संस्था सिन्ह्वाले स्थानीय समयानुसार शनिबार विहान ११.५० सम्ममा १८ जनाको मृत्यु भइसकेको पुष्टि भएको जनाएको छ । 

 

स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै प्रेषित समाचारमा उद्धार कार्य जारी रहेको उल्लेख गरिएको छ “घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको छ, विस्तृत विवरण आउन बाँकी नै रहेको,” एक अधिकारीले भने । 

 

होटलमा हुने आगलागीका घटना चीनमा बारम्बार हुने गरेका पाइन्छ । सुरक्षा सतर्कता र मर्मतमा वेवास्ता गरेकाले यस्ता घटना धेरै हुने गरेको बताइएको छ । 

 

गत अप्रिलमा पनि चीनको दक्षिणी क्षेत्रमा भएको आगलागीमा परी १८ जनाको मृत्यु भएको थियो भने, गत नोभेम्बरमा भएको आगलागीमा १९ जनाको मृत्यु भएको थियो ।
 

१८ को मृत्यु आगलागीमा परी चीनको एउटा होटलमा

विशेष