मानसरोवर कैलाश जाने क्रममा भारतीय यात्रु घाइते

रसुवा । मानसरोवर कैलाश जाने क्रममा आज राति करीब ८ बजे गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ त्रिशूली नदी छेउमा भारत नयाँदिल्लीका तीर्थयात्री ६१ वर्षीय कौस्तुध केशव लडेर घाइते भएका छन् ।
उनको रसुवा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । इको ट्राभल ठमेलमार्फत धार्मिक यात्रामा आउँदै गरेका उनी त्रिशूली नदी छेउमा गाडी परिवर्तन गर्न क्रममा थिए ।
उनलाई नेपाल प्रहरीसमेतको सहयोगमा करीब १०० मिटर तलबाट डोरीको सहायताले उद्धार गरी अस्पताल पुर्याइएको थियो । चोटपटक लागी उपचारार्थ भर्ना भएका उनको अवस्था सामान्य बन्दै गएको बताइएको छ । उनी भारतीय ३१ जनाको समूहमा यात्रा गर्दै थिए । रासस
तीर्थयात्री मानसरोवर कैलाश गोसाइँकुण्ड गाउँपालिका