निर्मला पन्त प्रकरणः बम दिदीबहिनी प्रहरीको नियन्त्रणमा
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा थप अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । हत्याको थप अनुसन्धानका लागि प्रहरीले शनिबार बबिता बम र रोशनी बमलाई नियन्त्रणमा लिएको हो ।
घटना भएपछि नै पीडित परिवार र स्थानीयले बम परिवारमाथि शंका गर्दै आएका छन् । रोशनी निर्मलाकी साथी हुन् भने उनको बलात्कारपछि हत्या भएको दिन पनि निर्मला बमकै घरमा गएकी थिईन् ।
साउन १० गते निर्मलाकी आमाले बमको घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी पहिले नै निस्किसकेको बताएकी थिईन् । भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले लाश पनि त्यतै होला भनेको पीडित परिवारले बताउदै आएका छन् ।
कञ्चनपुर, निर्मला पन्त