News समाज

इद–उल–अजहाको अवसरमा मलेसियालीद्वारा नेपालमा कुर्बानी

इद–उल–अजहाको अवसरमा मलेसियालीद्वारा नेपालमा कुर्बानी

काठमाडौं । मलेसियाका ‘मुस्लिम केयर मलेसिया’, ‘गेबुनगेन महासिस्वा इस्लाम से–मलेसिया’, ‘रेट्रोज कम्पनी’ र ‘इस्लामिक किन्डरगार्डेन मलेसिया’द्वारा नेपालका केही जिल्लामा इद–उल–अजहा अर्थात बकर इदको अवसरमा कुर्बानी गरिएको छ ।

 

मलेसियाबाट आएका १७ जना सहयोगी टोलीले जनकपुर, विरगंज, नेपालगंजका विपन्न परिवारहरूसँग यही अगस्ट २२ देखि २६ मा चौपायाको कुर्बान दिएर बकर इद मनाए । 

 

उक्त टोलीले आइतबार ‘ह्युमन डेभलपमेन्ट ऐकेडेमी’ (हुडा)को सहकार्यमा एक कार्यक्रमको आयोजना गरी राजधानीमा रहेका मुस्लिम महिला तथा विद्यार्थीहरूलाई अनुदान प्रदान गरेका थिए । मुस्लिम महिलाहरूको पहिरन ‘हिजाब’, केहि कपडा, विद्यार्थीहरूको लागि स्टेसनरी, खानेकुरा तथा रकम अनुदानमा दिएका हुन् । 

 

मलेसियाबाट आएकी एक नुरुल मजिहा नाम गरेकी भोलेन्टियर भनिन्, ‘हामी नेपाल आउने उदेश्य यहाँका विपन्न परिवारहरूसंग इद–उल–अजहाको अवसरमा कुर्बान गर्नु हो । आफूहरु पहिला पनि नेपालमा आएर कुर्बान मनाएको उनले बताइन् । 

 

मलेसियाबाट आएका भोलेन्टियरहरूलाई स्वगत गर्दै हुडाका अध्यक्ष इर्फान पोखरेलले भने, ‘हुडा संस्था भनेको नयाँ मुस्लिम अर्थात रिभर्टेड मुस्लिमहरूको लागि संस्थपना गरिएको संस्था हो । यो संस्थामा नयाँ मुस्लिहरूलाई इस्लामको ज्ञानहरू सिकाइन्छ । रिभर्टेड मुस्लिमहरूलाई इस्लामको बारेमा पढाउने देखि सबै जानकारी गराइन्छ । रिभर्टेड मुस्लिमहरू कुनै खालका समस्या नहोस भनेर नै यो संस्था को स्थापना गरिएको हो । शनिबार महिलाहरूका लागि विभिन्न शीप मुलक तालीम पनि दिनेगरेका छौं ।’

 

त्यसैगरी इस्लमिक संघ नेपालका सचिव अब्दुल कलाम फलाहिले भने, ‘पर्वको अवसर पारी मलेसियाबाट मुस्लिमबीच स्नेह र भाइचारको लागि आउनु भएको छ । त्यो सहरानिय रहेको छ र त्यसको लागि धन्यवाद दिँदै फेरी पनि भविष्यमा आउनु हुनेछ भन्ने आशा गर्छु ।’ 

मलेसिया ‘मुस्लिम केयर मलेसिया’ ‘गेबुनगेन महासिस्वा इस्लाम से–मलेसिया’ ‘रेट्रोज कम्पनी’ ‘इस्लामिक किन्डरगार्डेन मलेसिया’

विशेष