News

औद्योगिक विकासका लागि जुम्लामा सम्मेलन

औद्योगिक विकासका लागि जुम्लामा सम्मेलन

काठमाडौं । जुम्लाको औद्योगिक विकासका लागि लगानी जुटाउने उद्देश्यले चन्दननाथ नगरपालिकाले पहिलो पटक लगानी प्रवद्र्धन सम्मेलन गर्ने भएको छ । 

 

स्वदेशी–विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेका शे–फोक्सुण्डो र रारा ताल नजिक अवस्थित उक्त नगरपालिकाले आइतबार यहाँ पत्रकार सम्मेलन गरेर औद्योगिक लगानीका निम्ति आह्वान गरेको हो । 

 

उक्त नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयमा ‘विकास सामथ्र्यको उजागर’ भन्ने नाराका साथ यही भदौ २९ गते उक्त सम्मेलन हुने नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिए ।  

 

सम्मेलनमा अर्थमन्त्री डा.युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कँडेलसहित प्रतिष्ठित उद्योगी व्यवसायी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा दातृ निकायका प्रतिनिधि, बैँक तथा वित्तीय संस्थाको प्रतिनिधित्व हुने उनले जानकारी दिए । 

 

बीस हजार जनसंख्या रहेको नगरपालिकामा क्षेत्र पुग्ने पर्यटकले शे–फोक्सुण्डो तथा रारा ताल, सिन्जा सभ्यता एक दिनको हिँडाइमा भ्रमण गर्न सकिने जानकारी पनि दिइयो । नगरप्रमुख सेजुवालले भने, “अन्य स्थानीय तहलेभन्दा हामीले थोरै कर निर्धारण गरेका छौ । जुम्लामा लगानी गर्नेलाई नगरपालिकाले करमा भारी छुट दिनेछ । 

जुम्ला औद्योगिक विकास

विशेष