News

कांग्रेस आफू निर्वाचीत स्थानीय तहमा कर घटाउने

कांग्रेस आफू निर्वाचीत स्थानीय तहमा कर घटाउने

विराटनगर । नेपाली काङ्ग्रेसका नेता एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्नो पार्टी विजयी भएका स्थानीय तहमा कर घटाउने तयारी भइरहेको बताएका छन् ।  

विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले अत्यधिकरुपमा लगाइएको करका कारण जनताले विभिन्न समस्या झेल्नु परेको आरोप लगाए । 

गच्छदारले काङ्ग्रेसबाट विजयी भएका नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई विकास बजेट परिचालन र कर घटाउने विषयमा आगामी सोमबार काठमाडौँमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको बताए । 

उपनेता गच्छदारले आफ्नो पार्टीले सचेत प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारको असल कामको समर्थन र संविधान विपरीतको कामको विरोध गर्ने धारणा व्यक्त गरे । 

स्थानीय तह नेपाली काङ्ग्रेस उपनेता विजयकुमार गच्छदार

विशेष