News

महाकालीमा पानीको बहाव उच्च, नेपाल-भारत आवागमन अवरुद्ध

महाकालीमा पानीको बहाव उच्च, नेपाल-भारत आवागमन अवरुद्ध

भीमदत्तनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर नेपाल-भारत आवागमन आज बिहानदेखि अवरुद्ध भएको छ । 

महाकाली नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले शारदा ब्यारेज (बनवासा) पुलमा चारपाङ्ग्रे सवारी साधनको अवागमन बन्द गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । 

आज बिहान गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ५२ हजार ६८ क्युसेक मापन गरिएको प्रहरीले जनाएको छ । गड्डाचौकी प्रहरीले बिहानदेखि भारतीय पक्षले पुलमा पैदल र मोटरसाइकल चल्न दिइए पनि ठूला सवारी साधन रोक लगाइएको छ । 

विगत लामो समयदेखि पुल जीर्ण भएका कारण भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्दा आवागमनमा रोक लगाउँदै आएको छ । 

पानीको बहाव बढेसँगै महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रहसमेत गरिएको प्रहरीले जनाएको छ । कञ्चनपुरमा विगत केही दिनयता भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । 

नेपाल-भारत आवागमन महाकाली नदी

विशेष