करेन्ट लागेर एक कर्मचारीको मृत्यु

दाङ । करेन्ट लागेर सोमबार एक कर्मचारीको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–११ अमर माध्यमिक विद्यालयमा कार्यरत कर्मचारी ४५ वर्षीय जोगिलाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । विद्यालयले उरहरी चोकमा व्यानर टाँसने क्रममा चौधरी करेन्ट लागेर घाइते भएका थिए । उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
कर्मचारीको मृत्यु करेन्ट लागेर