विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ चयन
बुटवल । प्रदेश नं ५ को विशेषाधिकार समितिको सभापतिमा प्रदेशसभाका सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षतामा आज बसेको बैठकले श्रेष्ठलाई सभापतिमा चयन गरेकोे प्रदेश नं ५ को सचिवालयले जनाएको छ ।
श्रेष्ठ नेकपाकोे तर्फबाट गुल्मीबाट निर्वाचित सांसद हुन् । सो समितिमा अन्य १० जना सदस्य छन् । सभापति श्रेष्ठलाई प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथ खुवाए ।
कमलराज श्रेष्ठ विशेषाधिकार समिति प्रदेश नं ५