दिवंगतको सम्झनामा गाईजात्राकाे परिक्रमा (तस्बिरसहित)
काठमाडौं । नेपालका विभिन्न जिल्लाहरूमा सोमबार धुमधामका साथ गाईजात्रा निकालिएको छ । काठमाडौंको वसन्तपुर दरवार क्षेत्रमा दिवंगत आफन्तहरूको सम्झनामा विभिन्न भेषभुषामा विहानै देखि गाईजात्रा मनाइएको छ ।
गाईजात्रा मनाउन आएकाहरूलाई श्रद्धालुहरूले खानेकुरा स्वरुप दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न तथा भेटि चढाउने गर्छन् । त्यसरी भेटी चढाएमा पुण्य पाउने मान्यता रहेको छ ।
गाईजात्रा निकाल्ने घरबाट भगवानका रुपमा बालबालिकालाई सिंगारिएर भजन, रामायाण गाउँदै दिवंगत आत्माको शान्तीको कामना गर्दै टोल टोल, छरछिमेक र बजार घुमाउने गरिन्छ । त्यसरी परिक्रमा गर्यो भने वर्षभरि मृत्यु भएका व्यक्तिले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
विशेषगरी नेवारी परम्परा अनुसार एक वर्ष भित्र दिवंगत भएका परिवारका सदस्यको सम्झनामा यो पर्व भदौ कृष्ण प्रतिपदादेखि अष्टमी आठ दिनसम्म मनाउने परम्परा रहेको छ ।
आर्थिक अभाव कम भएका घरपरिवारले भने गाईलाई र्डोयाएर बजार परिक्रमा गरी गाईजात्रा मनाउने गरेका छन् ।
गाईजात्रा