बलात्कारपछि हत्या गरिएकी बिकको परिवारलाई पाँच लाख सहयोग

कैलाली । सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलालीकी माया विकको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बलात्कारपछि हत्या गरेकी कञ्चनपुरकी निर्मला पन्तको परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको प्रदेश ७ सरकारले कैलालीको गौरीगंगा नगरपालिका-११ की माया विकको परिवारलाई पनि सोमवार राहत दिने निर्णय भएको आन्तरिक ममिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
गत असार १२ गते नजिकैको सामुदायिक वनमा सामुहिक बलात्कारपछि माया विकलाई विभत्स ढंगले हत्या गरिएको थियो । गौरीगंगा नगरपालिकाको सामाजिक परिचालिका पदमा कार्यरत माया विकको हत्यामा संलग्न ५ जनालाई जिल्ला अदालत कैलाली पुर्पक्षको लागि कारागार चलान गरेको छ ।
सामूहिक बलात्कार कैलाली माया विक