News

अनुगमन टोलीलाई बल्खुका तरकारी व्यापारीद्वारा दुर्व्यवहार, २ व्यापारी पक्राउ

अनुगमन टोलीलाई बल्खुका तरकारी व्यापारीद्वारा दुर्व्यवहार, २ व्यापारी पक्राउ

काठमाडौं । तरकारी बजारको अनुगमनका गएको सरकारी टोलीलाई आज पनि व्यवसायीले अभद्र व्यवहार गरेका छन् । काठमाडौंको बल्खु तरकारी बजारमा अनुगमनका लागि बिहानै पुगेका अनुगमन टोलीलाई त्यहाँका केही व्यवसायीले अभद्र व्यवहार गरेका हुन् ।

 

प्रहरीले अनुगमन टोलीलाई अभद्र व्यवहार देखाउने र तरकारीको बिल देखाउन नसक्ने दुई जनालाई पक्राउ गरेको छ । यसअघि अनुगमन टोलीलाई काठमाडौंको मुख्य थोक बजार कालिमाटीका व्यवसायीले अनुगमनमा अवरोध गरेका थिए ।

 

गएको ४ गते बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको संयुक्त टोलीलाई कालीमाटीका व्यापारीले छेकेर नाराजुलुस गरेका थिए । यस क्रममा प्रहरीले कालिमाटीका एकजना व्यवसायीलाई पक्राउ गरेको थियो । उनलाई अहिले पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


  
यस्तै, सोमबार बिहान पनि कालिमाटी तरकारी बजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कालिमाटीका सडकपेटीमा राखिएका पसल पनि हटाइएको छ ।  बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अब तरकारीमा भएको सिण्डिकेट अन्त्य गर्न नियमित अनुमगन गर्ने जनाएको छ । 

तरकारी बजार बल्खु तरकारी बजार

विशेष