अमेरिकाको फ्लोरिडामा गोलाबारी, दुई जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा गोली प्रहार हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। फ्लोरिडाको ज्याक्सनभिल्ला शहरको एक मनोरञ्जन कम्प्लेक्समा गोली प्रहार हुँदा दुई जनाको ज्यान गएको हो।
अन्य नौ जनालाई गोली लागेको अमेरिकी प्रहरीले जनाएको छ। कम्प्लेक्सको तल्लो भागमा रहेको एक रेस्टुरेन्टमा भइरहेको भिडियो प्रतियोगिताका क्रममा गोली चलेको बताइएको छ।
गोली प्रहार गर्ने बाल्टिमोरका २४ वर्षीय डेभिड काट्जले आफैँमाथि पनि गोली चलाएको अधिकारीहरुले जनाएका छन्। प्रहरीले सर्वसाधारणलाई घटनास्थलमा नजान अपिल गरेको छ।
गोली प्रहार अमेरिकी प्रहरी