News समाज

पशुपतिनाथ प्रांगणमै एक लाख दर्शनार्थी !

पशुपतिनाथ प्रांगणमै एक लाख दर्शनार्थी !

काठमाडौं । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको प्रांगणलाई विस्तार गरिने भएको छ । पशुपतिनाथको वैभव एवं भव्यता झल्कने गरी प्रांगणलाई फराकिलो पारेर एक लाख दर्शनार्थी अट्न सक्ने बनाउन लागिएको हो ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले २०८० सम्म गर्ने पाँच वर्षीय प्राथमिकताप्राप्त कार्यक्रमबारेको बैठकमा मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले यस्तो बताएका हुन् । पशुपति क्षेत्र विकास कोषले अहिले पशुपतिनाथ क्षेत्र विकासका लागि नयाँ गुरुयोजना निर्माण गरिरहेको छ । सोही गुरुयोजनाअनुरुप यस्तो गर्न लागिएको हो ।

 

पशुपतिनाथ दर्शनलाई व्यवस्थित गर्न सम्पूर्ण मार्गहरु स्पष्ट र निर्दिष्ट गर्न प्रांगण परिसरलाई फराकिलो र व्यवस्थित गर्न लागिएको हो । अब पशुपतिनाथ क्षेत्र, गौशाला, गुहेश्वरी परिसर, तिलगंगा, गौचरणसम्म समेटिने गरी बृहत हरियाली पार्कसहित ‘डस्ट फ्रि जोन’ बनाउन लागिएको हो ।

 

पशुपतिलाई धार्मिक एवं आयुर्वेदिक बहुउपयोगी बोटविरुवा (रुद्राक्ष, वेलवृक्ष, श्रीखण्डजस्ता विरुवा वार्षिक पाँच हजारका दरले) लाई निश्चित क्षेत्रमा रोप्ने र संरक्षण गर्ने, हाल माटो देखिने खाली भूभागमा कम्तिमा दुबो रोपी सम्पूर्ण पशुपति परिसरलाई 'डस्ट फ्रि जोन ' बनाउने र सम्पूर्ण पशुपति परिसरलाई नै नवीनतम र विशाल पार्कको रुपमा विकास गरिने भएको हो ।

 

मन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकमा पशुपतिलाई धार्मिक एवं आयुर्वेदिक बहुउपयोगी बोटविरुवा (रुद्राक्ष, वेलवृक्ष, श्रीखण्डजस्ता विरुवा वार्षिक पाँच हजारका दरले) लाई निश्चित क्षेत्रमा रोप्ने र संरक्षण गर्ने, हाल माटो देखिने खाली भूभागमा कम्तिमा दुबो रोपी सम्पूर्ण पशुपति परिसरलाई डस्ट फ्रि जोन बनाउने र सम्पूर्ण पशुपति परिसरलाई नै नवीनतम र विशाल पार्कको रुपमा विकास गरिने भएको हो ।

 

कोषका सदस्यसचिव डा. प्रदिप ढकालले पाँच वर्षभित्र प्रमुख पर्वहरुमा २० लाखसम्म दर्शनार्थीले सहजरुपमा दर्शन गर्न सक्ने गरी प्रांगण र मार्ग निर्माण भएको हुने जानकारी दिए । उनले अब पशुपति क्षेत्र आध्यात्मिक, सुन्दर, आरामदायी र अपांगमैत्री विश्रामगृह हुने साथै बृहत रुपमा निशुल्क भोजनगृह साथै धर्मशाला सञ्चालनमा ल्याइने बताए ।

पशुपतिनाथ हिन्दु धर्मावलम्बी दर्शनार्थी

विशेष