News

माेदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी काठमाडाैं

माेदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी काठमाडाैं

भारतीय प्रधामन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई जानकारी गराउनेछ। 

 

मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्र प्रमुखको सुरक्षा नेपालले गर्ने भए पनि मोदीको ‘क्लोज प्रोटेक्सन’ सुरक्षाका १३ सदस्यीय टोली काठमाडौं आएको हो।

 

मोदीसँगै कति सदस्यीय सुरक्षाकर्मी आउँछन् भन्ने बारेमा भने अहिलेसम्म नेपाल सरकारलाई जानकारी दिइएको छैन।

 

 ‘सामान्य प्रक्रिया हो सुरक्षा समन्वयका लागि मात्रै आएका हुन्। सबै पाहुनाको सुरक्षा जिम्मेवारी आयोजक राष्ट्रकै भएकाले उनीहरूको भूमिका समन्वयकारी मात्रै हुनेछ,’ सुरक्षा स्रोतले भन्यो। 

 

बिमस्टेकको सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको छ। भदौ १२ बाट सो सम्मेलनका लागि पाहुना आउने कार्यक्रम छ।

नरेन्द्र माेदी

विशेष