News फोटो समाज

क्षणिक शृंगारिक काठमाडौं र बिम्स्टेक सम्मेलन (फोटो फिचर)

क्षणिक शृंगारिक काठमाडौं र बिम्स्टेक सम्मेलन (फोटो फिचर)

काठमाडौं । बिम्स्टेकको चौथो शिखर सम्मेलनलाई ध्यानमा राख्दै सरकारले संघीय राजधानी काठमाडौंका सडक वरपर स्वागतद्वारलगायत झकिझकाउ शृंगार गरिएको छ । 

 

अहिले राजधानीको सडक लगायत सार्वजनिक स्थान विगतको तुलनामा सफा र चिटिक्क देखिएको छ । औपचारिक सम्मेलन बुधबार र बिहीबार राजधानीमा सुरु हुँदैछ ।  मनसुनको समय भए पनि सरकारले राजधानी र बिम्स्टेकका सरकार वा राष्ट्र प्रमुखहरूले भ्रमण गर्न सक्ने स्थलहरूको सिंगारपटार र सरसफाइ गरेका छन् । 

 

राजधानीमा मंगलबारदेखि नै बिम्स्टेकको शिखर सम्मेलन पूर्व नै तयारी स्वरूप सम्बद्ध राष्ट्रका पदाधिकारीहरूको बैठक प्रारम्भ भइसकेको छ । पहिलेदेखि विवादित थलोको रूपमा रहेको तिनकुनेस्थित खाली जग्गा जो सधैँ फोहोर देखिन्थ्यो, त्यहाँ अहिले विभिन्न चराचुरुँगी, नेपाली सांस्कृतिक पक्ष झल्कने कलात्मक चित्र र पर्यटनलाई टेवा पुग्ने प्राकृतिक चित्रले भरिपूर्ण बार लगाउने कार्य सम्पन्न भएको छ ।  

 

विदेशी पाहुनाहरूले तिनकुनेको फोहोर नदेखियोस् भन्नाका लागि सरकारको बुद्धिमा त्यहाँ कलात्मक चित्रसहितको बार लगाइएको हो । तिनकुने विदेशी राष्ट्र प्रमुखहरूको आवतजावत गर्ने प्रमुख रुटमा पर्दछ । 

 

रातारात सडकको स्वरूप परिवर्तनले लाग्छ हामीले सोचेको नयाँ नेपालको स्वरूप कतै यस्तै त हैन ? एअरपोर्टदेखि तिनकुुने, नयाँबानेश्वर, माइतीघर मण्डला, सुन्धारा, दरबार मार्गको सडक निकै सफा गरिएको छ । 

 

यो हेर्दा निकै आश्चर्य लाग्न सक्छ । यो ठाउँमा पुग्दा बुझ्नुहोस् यो तयारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग बिम्स्टेकको लागि गरिएको हो । 

 

अन्तर्राष्ट्रिय पाहुनाको स्वागतमा मात्र गरिएको क्षणिक विकासले त काठमाडौं सुन्दर देखिएको छ भने साच्चैँ नै विकासको गति यस्तै रहिरहे देशले मुहार फेर्ने थियो होला कि ? नेपाल आजका फोटोग्राफर चन्द्र राईले बिम्स्टेकका लागि गरिएको तयारीका केही क्षणलाई क्यामेरामा कैद गरेका छन् । ती कैद छवि यहाँहरूका लागि पनि यहाँ सार्वजनिक गरिएको छ । 

 

  

 

बिम्स्टेक फोटो फिचर

विशेष