News

बिहीबार र शुक्रबार ‘आकाश नै बन्द' गरेर पाहुनाको सुरक्षा दिने तयारी

बिहीबार र शुक्रबार  ‘आकाश नै बन्द' गरेर पाहुनाको सुरक्षा दिने तयारी

बिमस्टेक सम्मेलनमा आउने विशिष्ट पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आधादेखि सवा दुई घन्टासम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । 

 

विशिष्ट पाहुनाको सुरक्षा र सहजताका लागि मंगलबारदेखि नै केही समय सबै उडान बन्द गर्न लागिएको विमानस्थल एयर ट्राफिक कन्ट्रोल रुमका प्रमुख सिताराम भण्डारीले जानकारी दिए । 

 

मंगलबार र बुधबार सामान्य विशिष्ट पाहुना आउने जहाज अवतरणका बेला आधा घण्टा विमानस्थल बन्द हुनेछ भने बिहीबार र शुक्रबार धेरै समय उडान बन्द हुने उनले बताए ।

 

सम्मेलनका लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुख काठमाडौं आउँदैछन् । कतिपय देशमा विशिष्ट पाहुना मंगलबारदेखि आउने छन् । भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख भने सम्मेलन हुने दिन १४ गते मात्रै काठमाडौँ आउँदैछन् ।  

 

जसका कारण बिहिबार विहान सवा ८ बजेदेखि साढे १० बजेसम्म र शुक्रबार पनि दिउँसो ११ बजेर बेलुका ४ बजेपछि पुनः दुई घण्टा  विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द हुने भण्डारीले जानकारी दिए ।- अन्नपूर्ण पोस्टबाट ।

बिमस्टेक सम्मेलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विशेष