बलात्कारी पक्राउ

भोजपुर । साल्पासिलिछो गाउँपालिका ६, दोभाने सालेवाकी ११ वर्षीया रचना राईको बलात्कारपछि हत्या आरोपमा स्थानीय २० वर्षीय सञ्जय राईलाई प्रहरीले पक्राउ गरेको छ ।
साइनोमा मामा पर्ने स्थानीय खच्चड व्यावसायी सञ्जयले आईतबार बेलुकी खाना खाई मोबाइलमा फिल्म हेर्दै सुतेकी बालिकालाई बलात्कार गरेपछि अन्यलाई थाहा हुने डरले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सञ्जयलाई सोमबार राती नै प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।