News

घूस लिएको आरोपमा प्राधिकरणका कर्मचारी पक्राउ

घूस लिएको आरोपमा प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौं । सेवाग्राहीसँग घूस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण केन्द्र भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदी पक्राउ परेका छन् । उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ घूस रकम लिएको आरोपमा पक्राउ गरेको हो । 

 

आयोगले सुवेदीलाई भरतपुर महानगरपालिका-७ मस्र्याङ्दी टोलमा रहेको जीवनज्योति मिनरलवाटर एण्ड वेभरेज इन्डस्ट्रिजबाट पक्राउ गरेको हो । विद्युत् प्रसारण लाइनको खम्बा मर्मत गर्ने सिलसिलामा सुवेदीले सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ । 

विद्युत् प्राधिकरण घूस

विशेष