शेयर

ओरालो लागेको शेयर बजारमा सुधार

ओरालो लागेको शेयर बजारमा सुधार

काठमाडौ‌ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.३७ बिन्दुले बढेर एक हजार १७७.०९ बिन्दुमा पुगेको छ । 

 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ बिन्दुले बढेर २४८.६१ बिन्दुमा पुगेको छ । कूल १५४ कम्पनीको ६ लाख २२ हजार ८०१ कित्ता शेयर रु १९ करोड पाँच लाख १३ हजार ९९६ मूल्यमा खरीद-बिक्री भएको छ । 

 

स्टकका अनुसार तीन उपसमूहको शेयर भने घटेका छन् भने अरू उपसमूहका शेयर भने बढेका छन् । जलविद्युत् ३.०४, अन्य ०.८ र जीवन बीमा समूहको ३१.०३ बिन्दुले घटेको छ । 

 

यस्तै बैङ्किङ १.८९, होटल १२।२४, विकास बैङ्क ८.६७, वित्त १.४२, निर्जीवन बीमा ५.९४, उत्पादन १२.२६ र माइक्रोफाइनान्स २.९२ बिन्दुले बढेको छ । 

शेयर बजार नेपाल स्टक एक्सचेञ्ज

विशेष