फेरि चितवनमा मरेको गैँडा भेटियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको माडी वनकट्टा क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा मंगलबार मरेको अवस्थामा भेटिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार काँसघारीमा टाउको पानीमा डुबेको अवस्थामा भाले गैँडा मरेको भेटिएको हो ।
गैँडाको अवस्था हेर्दा दुई-तीन दिनअघि मरेको जस्तो देखिएको अर्यालले बताए । गैँडा जुधेर, दलदलमा फसेर, बुढो भएर, घाउको सङ्क्रमण लगायतका कारण मर्ने गर्दछन् । निकुञ्जमा चालू आवमा हालसम्म योसहित चारवटा गैँडा प्राकृतिक कारणले मरेका छन् ।
गत आव २०७४÷७५ मा २६ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । नेपालमा ६४५ वटा एकसिङ्गे गैँडा रहेका छन् जसमध्ये ६०५ वटा चितवन राष्ट्रिय निकुञ्जमा छन् ।
चितवन एकसिङ्गे गैँडा नरेन्द्र अर्याल