News अपराध सुरक्षा

दुई लाख बराबरको अबैध कपडा पक्राउ

दुई लाख बराबरको अबैध कपडा पक्राउ

वीरगञ्ज । बि आर ६ एल ३८७६ नम्बरको रातो कार भारतको रक्सौलबाट नेपालतर्फ आउने क्रममा वीरगञ्जको भन्सारमा जाँचमा परि करिब दुई लाख बराबरको अबैध कपडा पक्राउ गरिएको छ । 


सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा वीरगञ्जका उपरीक्षक तिलक खड्काका अनुसार,आज बिहान जाँचको क्रममा उक्त अबैध कपडा  गहुँको बोरामा फेला परेको हो । 

 

भारत मोतिहारीअन्तर्गत सिमरा स्टेशन बस्ने चालक नसिबुलहकले गहुँ भनेर आफू भाडामा आएको तर गहँुको बोराभित्र कपडा छ भन्ने थाहा नभएको बताए । 

 

 आज बिहान प्रहरीद्धारा पक्राउ गरिएको सियाराम कम्पनीको ३२६ मिटर सुटको कपडा तथा रु छ लाख मूल्य बराबरको कार आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । 

वीरगञ्ज नेपाल राजश्व तथा भन्सार सुरक्षा

विशेष