News भिडियो

सुदर्शनकै अगाडि माग्ने बुढाले पूजालाई भने, ‘आई लभ यु’(भिडियोसहित)

सुदर्शनकै अगाडि माग्ने बुढाले पूजालाई भने, ‘आई  लभ यु’(भिडियोसहित)

 

काठमाडौं । नेपाली चलचित्र ‘रामकहानी’को रिलिज मिति नजिकिँदै गर्दा चलचित्रका कलाकारहरू प्रोमोसनमा व्यस्त भएका छन् । रामकहानीका कलाकार खोज्दै जाँदा हामीले भेट्यौं केदार घिमिरे ‘माग्नेबुढा’ आकाश श्रेष्ठ, जितु नेपाल र निर्देशक सुदर्शन थापा । 


केदार घिमिरेले रामकहानीमा काम गर्न नमानेका भनेर एक पटक चर्चा भएको थियो । फेरि १० लाख रुपैयाँ पारिश्रमिक लिएर उनले काम गरे । केदारको अभिनयबारे धेरै लेखिरहन आवश्यक नै भएन । बाँकी कलाकारको अभिनय कस्तो छ त फिल्ममा ? फिल्मका नायक आकाश श्रेष्ठ भन्छन्, ‘हामीले मेहनत धेरै गरेका छौं । राम्रो सिनेमा दर्शकलाई दिने हाम्रो प्रयत्न हो । दर्शकहरूको अपेक्षामा खरो उत्रन सक्छौं भन्ने मैले ठानेको छु ।’


रामकहानीको ट्रेलर हेर्दा ‘हरर फिल्म’ जस्तो लाग्छ । राज खोल्दै माग्ने बुढाले भने, ‘निर्देशक सुदर्शन थापाले एउटा भिडियोमा आवाज अर्को, अर्को आवाजमा भिडियो अर्को गर्नु भएको छ । एक किसिमले भन्ने हो भने यो हरर फिल्म पनि हो ।’


सिनेमामा हरर, कमेडी र लभ मुख्य तीन पक्ष छन् । 


फिल्ममा माग्ने बुढाले १० लाख, जितु नेपालले ७ लाख पाएको भनेर आएको चर्चा निर्देशक सुदर्शन थापाले पुष्टि गरे । दुई कलाकारलाई किन तीन लाखको अन्तर ? थापाले ठट्टा गर्दै भने, ‘खासमा माग्ने बुढोको (चस्मा देखाउँदै) चस्मा तीन लाखको छ । जितुको छैन । त्यही भएर सात र दस भएको हो ।’


बीचमा जितुले बोलिहाले, ‘हैन, सुदर्शनजीले ३ लाख थप्छु भन्नु भएको छ ।’ 


चार जनासँग जम्काभेट हुँदा चलचित्रकी नायिका पूजा शर्मा भने थिइनन् । हामीले सोध्यौं, पूजाको अनुपस्थितिमा उनलाई कसरी सम्भिनु हुन्छ ? माग्ने बुढाले फ्याट्ट बोले, ‘आई लभ यु भनेर सम्झिन्छु । सुदर्शन परे ट्वाल्ल !’


 

 


 

आकाश श्रेष्ठ रामकहानी केदार घिमिरे‘माग्नेबुढा जितु नेपाल सुदर्शन थापा

विशेष