विदेश

युद्ध विराम लागू गर : राष्ट्रसंघ

युद्ध विराम लागू गर : राष्ट्रसंघ

ट्रिपोली । संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको राजधानी ट्रिपोलीमा तत्काल युद्धविराम गर्न  आग्रह गरेको छ । 
ट्रिपोलीमा गत आइतबारदेखि सरकारी सेना र आतंककारीबीच जारी झडपपछि राष्ट्रसंघले उक्त आग्रह गरेको हो । राष्ट्रसंघले ट्रिपोलीमा भइरहेको झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई यसप्रकारको आतंककारी गतिविधि तत्काल रोक्न आग्रह गरिएको एक विज्ञप्तिमार्फत जनाइएको छ । 

 

आवासीय इलाकामा गरिएको जथाभावी गोली र बमवारीजस्ता निर्दयी कार्यप्रति राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । निर्दोष सर्वसाधारणको ज्यान खतरामा परिरहेकाले यस्तो अवस्थालाई रक्षा गर्नु सवै पार्टीको दायित्व भएको पनि राष्ट्रसंघले बताएको छ । 

 

अन्तर्रा्ष्ट्रिय मानवीय र मानवअधिकार कानुनअनुसार पनि सर्वसाधारणको रक्षा गर्नु सवै पक्षको दायित्व भएको सो विज्ञप्तिमा उल्लेख छ । 

 

झडपको कारण हालसम्म पनि अज्ञात नै रहेको बताइएको छ । दक्षिणी ट्रिपोली सहरको बाहिरी र भित्री इलाकामा विगत केही दिनयता सशस्त्र समूहहरूको तनावका कारण सेना तैनाथ गरिएको छ । 

 

सन् २०११ मा लिबियाको तत्कालीन नेता मुअमार गद्दाफीको शासनको अन्त्यपछि लिवियामा हिंसालगायत राजनीतिक विभाजनको अवस्था रहेको छ । –एजेन्सी
 

युद्धविराम संयुक्त राष्ट्रसंघीय मिसन

विशेष