बालविवाह अन्त्य गर्न बालिका बीमा पारित

बालविवाह अन्त्य गर्न बालिका बीमा पारित

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु हुन लागेको छ । चालू आवको साउनमा जन्मिएका बालिकाको बीमा गरिनेछ । गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू गर्न लागिएको हो ।  

 

बीमा गर्न बाल संरक्षण कोषमार्फत एक बालिकाको लागि गाउँपालिकाले २० हजार तथा अभिभावकले पाँच हजार शुल्क बुझाउनु पर्ने गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । सो रकम बीस वर्षपछि मात्र बैंकबाट झिक्न मिल्नेछ । गाउँपालिकाका सबै वडामा बालिका जन्मने वित्तिकै बैंक खाता खोलिनेछ । “ बालिकालाई अध्ययन गर्न यस कार्यक्रमबाट मद्दत पुग्नेछ,” उनले भने । 

 

कार्यक्रमबाट भ्रुण हत्यामा कमी आउने उनको भनाइ छ । बीमा गर्न बच्चा अस्पताल वा प्रसुती गृहमा जन्मिएको हुनुपर्ने, जन्मदर्ता गराउनुपर्ने र वडाको सिफारिस अनिवार्य चाहिन्छ । उक्त गाउँपालिकामा बस्दै आएका यादव, केवट, कुर्मी र लोध कोहार समुदायमा बाल विवाहको प्रचलन छ ।
 

संम्बधित खबर

विशेष