News समाज

मापसे गर्न नछाड्ने समाजबाट बहिष्कार गरिने

मापसे गर्न नछाड्ने समाजबाट बहिष्कार गरिने

भद्रपुर । नेपाल मुस्लिम नागरिक समाज गौरीगञ्जले मादक पदार्थ सेवन गरेर समाजिक सद्भाव बिथोल्ने मुसलमान समुदायलाई जरिवाना तिराउने भएको छ । 

 

बुधबार बसेको बैठकले समुदायलाई अनुशासित र मर्या्दित बनाउन सो निर्णय गरेको समाजका अध्यक्ष नसीर उद्दीनले बताए । उनका अनुसार मादक पदार्थको प्रयोग गरी झगडा गरेमा पहिलो पटक ५ सय ५१, दोस्रो पटक एक हजार १ सय र तेस्रो पटकमा एक हजार ५ सय ५१ जरिवाना तिराउने बैठकले निर्णय गरेको छ । 

 

जरिवाना तिर्दै जाने तर मापसे गर्न नछाड्ने हो भने समाजबाट त्यस्ता व्यक्तिलाई बहिष्कार गरिने अध्यक्ष नसीरको भनाइ छ । गौरीगञ्ज गाउँपालिकामा मुस्लिम समुदायको बढी बसोबास छ । 
 

नेपाल मुस्लिम नागरिक समाज मादक पदार्थ सेवन मुसलमान समुदाय

विशेष